एमसीसी संसदबाट अनुमोदन हुनुपर्छ : मिश्र

झापा : साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मिलिनियम च्यालेञ्ज कर्पोरेशन( एमसिसी ) परियोजनालाई संसद्बाट अनुमोदन हुनुपर्ने धारणा राखेका छन् ।

झापाको धुलाबारीमा शनिवार पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमसिसी परियोजना मुलुकको हितमा रहेको हुँदा यसलाई गुमाउन नहुने बताए ।परियोजनाका केही बुँदाका विषयमा उत्पन्न अन्योललाई संसद्बाट अनुमोदन हुनुपूर्व परियोजनाका दुवै पक्षबीच भद्र सहमति मार्फत स्पष्ट पार्न अध्यक्ष मिश्रले माग गरे ।


११ माघ २०७६, शनिवार १४:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु