punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

छाउगोठमा मृत्यु भएकी पार्वतीका जेठाजु पक्राउ

Chaupati
safha napa

अछाम ,१९ मंसिर ,अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वरमा २१ वर्षया पार्वती बुढा रावतको छाउगोठमा मृत्यु भएपछि प्रहरीद्वारा एक जना पक्राउ परेका छन्। अछाम प्रहरीले छाउगोठमा मृत भेटिएकि पार्वतीका जेठाजु छत्र राउतलाई पक्राउ गरेको हो।

उनका पति वैदेशिक रोजगारीका सिलसिलामा भारतमा रहेका र सासुससुरा पनि भारतमै भएकाले जेठाजुलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक जनकबहादुर शाहीले बताए। छाउगोठमा बस्ने वा बस्न लगाउने अर्थात कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद र ३ हजारसम्म जरिवाना सजाय हुने कानुनी व्यवस्था छ।

कानुनले छाउगोठमा महिलालाई राख्नु वा बस्नु दण्डनीय भनेको छ। डीएसपी शाहीले मुद्दा प्रक्रिया अघि बढेको बताउँदै मृतकलाई छाउगोठमा बस्न बाध्य पारिएको हो वा आफैं बसेको भन्ने अनुसन्धानबाट खुल्ने बताए।

छाउगोठमा महिलाको मृत्यु भएपछि परिवारका सदस्यलाई तत्काल पक्राउ गरी कारवाही थाल्न महान्यायाधिवक्ता कार्यालयले निर्देशन दिएपछि प्रहरीले पक्राउ गरेको हो।

महान्यायाधिवक्ता अग्नि खरेलले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई मुलुकी अपराध संहिताको दफा १६८ अनुरुप महिनावारी (छाउपडी)को बेला छाउ गोठमा बस्न बाध्य पार्ने परिवारका सदस्यलाई कारवाहीको दायरामा ल्याउन आग्रह आग्रह गरेका थिए।


१९ मंसिर २०७६, बिहीवार १३:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु