punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालका लघुकथामा प्रथम विद्यावारीधी गर्ने भट्टलाई भारतमा पुरस्कार प्रदान

Chaupati
safha napa

धनगढी
२९ असोज, भारतको हरियाणा राज्यको नारनौलमा मनुमुक्त मेमोरियल ट्रष्टको आयोजनामा इन्डो नेपाल लघुकथा सम्मेलनमा नेपालका लघुकथाकार डा.पुष्कर भट्टलाई मनुमुक्त पुरस्कार प्रदान गरिएको छ ।

यस पटकदेखि स्थापना भएको पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्ती भट्ट हुन । भट्ट
नेपाली लघुकथामा पहिलो विध्याबारीधी गर्ने व्यक्ती हुन । गोरखापत्र दैनिकमा डोटेली भाषाको नयाँ नेपाल पृष्ठ संयोजक एवम् नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने समकालीन साहित्य पत्रिकाका कार्यकारी सम्पादक समेत हुन ।

अक्टोबर १३ मा भट्टलाई दोसल्ला र मायाको चिनोले सम्मान गरिएको थियो भने पुरस्कारको राशी रु. ११ हजार भारु रहेको छ ।

भारतका दशप्रान्त र नेपालका गरेर तीनदर्जन लघुकथाकारले यस सम्मेलनमा उपस्थिति रहेको थियो । हरियाणा कला परिषद्का निर्देशक अनिल कौशिकको अध्यक्षतामा सम्पन्नभएको सो सम्मेलनमा चौधरी बंसीलाल विश्वविद्यालय, भिवानीका रजिष्ट्रार डा. जीतेन्द्र भारद्वाज प्रमुख अतिथी थिए ।


२९ असोज २०७६, बुधवार १३:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु