punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खेतमा पानी पुगेपछि किसानमा खुसी छायो

Chaupati
safha napa

धनगढी,
२९ असोज
मोहना सिचाइ आयोजनाको काम सम्पन्न भइ खेतसम्म पानी पुगेपछि ओलानीका किसान खुशी भएका छन् । कैलालीस्थित गोदावरी नगरपालिका वडा नम्बर ११ ओलानीको मछेली खोलामा निर्माण भएको सिचाइ आयोजनाले किसानलाई खुशी बनाएको हो । सो आयोजना गत जेठमा सम्पन्न भएपछि सिचाइ समस्या भोग्दै आएका किसानको खेतमा सजिलै पानी पुगेको छ । मछेली खोलाको पानीले खेत सिँचाइ गर्न पाएपछि ओलानी र आसपासका किसान खुशी भएका छन् ।

मोहना सिँचाइ आयोजनाको काम सम्पन्न भई खेतसम्म पानी पुगेपछि ओलानीका किसान खुशी भएका हुन् । सिँचाइ सुविधा नहुँदा खेतीपाती गर्न समस्या भोगिरहेका ओलानीबासी अहिले भने खेतीपातीमा ब्यस्त छन् । सिँचाइ आयोजनाले कुलोमा पानी आएपछि यो वर्ष खेतीपाती गर्न निकै सहज भएको ओलानीका राजेशबहादुर बडैलाले बताए ।

वर्षा नहुँदासम्म खोलामा पानी बग्दैन । बर्खायाममामात्रै खोलामा पानी हुने गर्दछ । ओलानीवासीको मुख्य पेसा कृषि हो । विगतका वर्षहरुमा खेती गर्न सारै समस्या भएपनि यस वर्ष भने मोहना सिचाइ आयोजनाले गर्दा खेती लगाउन सहज भएको ओलानीका स्थानीयहरु बताउँनछन् । बर्षा नहुँदा पानी कम भएपनि बिगतभन्दा खेती गर्न सहज भएको ओलानीका पदम खड्काले बताए । चुरे फेदमा रहेको ओलानी सुगम जिल्लाको विकट ठाउँ हो, जहाँ खानेपानीको समेत हाहाकार रहेको छ । खानेपानी समस्या र सिँचाइ असुविधाले गर्दा ओलानीवासीको विगत निकै कष्टकर थियो । तर मछेली खोलाको पानी खेतसम्म पुगेपछि एउटा समस्याबाट छुटकारा मिलेको स्थानीय नवलकिशोर कडायतले बताए । सिँचाइ आयोजनाको पानीले जमिनमा सिचाई हुन थालेपछि अहिले धेरै सुविधा भएको उनले बताए ।

मोहना सिँचाइ आयोजनामार्फत मछेली खोलको पानी किसानको खेतसम्म पुगेको यो तेस्रो पटक हो । यसअघि, दुई पटक आयोजनाको पानी सो ठाउँमा आएको थियो । तर आयोजनाको बाँध भत्केपछि धेरै वर्षसम्म किसानले अकाशे पानीको भरमा खेती गर्न बाध्य भएका थिए । तेस्रो चरण अन्तर्गत पुनः नयाँ बाँध बनाइएपछि किसानले सिँचाइ गर्न पाएका छन् । २०७१ सालबाट तेस्रो चरण अन्तर्गत नयाँ बाँध निर्माण भइ गत जेठमा सम्पन्न भएको वडा नम्बर ११ का वडा अध्यक्ष शिवबहादुर बिकले बताए । नेपाल सरकारको ३७ करोड रुपियाँ लगानीमा तेस्रो चरणको बाँध बनाइएको छ । तेस्रो चरणको बाँधले ३ हजार २ सय हेक्टर जमिन सिञ्चित हुने लक्ष्य राखिए पनि हालसम्म २ हजार २ सय हेक्टर जमिनमामात्रै सिँचाइ सुविधा भएको वडा अध्यक्ष बिकले बताए । ओलानीका किसानहरु विगतका वर्षहरुमा खेती लगाउन समस्या हुने गरेको थियो । तर यस वर्ष भन्ने मोहना सिचाइ आयोजना बन्ने पछि सवै किसानको खेतमै सिचाइ सुविधा पुगेपछि त्यस ठाउका स्थानीयहरु हर्षित भएका छन् ।


२९ असोज २०७६, बुधवार ०४:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु