कैलालीकी युवतीको गौरीफन्टा नाकाबाट उद्दार

धनगढी। कैलालीको घोडाघोडीकी अन्दाजी २२ वर्षीया युवतीलाई भारत गइरहेको अवस्थामा गौरीफन्टा नाकास्थित त्रिनगरबाट उद्दार गरिएको छ । माइती नेपाल र शान्ती पुनःस्थापना गृहले ती युवतीलाई उद्दार गरेर परिवारको जिम्मा लगाएको छ ।

उनी काठमाडौँमा जागिर गर्दै आएकी थिइन् । सामाजिक सञ्जालबाट भारतीय युवकसँग प्रेम सम्बन्धमा परेकी थिइन् । भारतीयले राम्रो जागिर लगाइदिने प्रलोभन दिएर बोलाएपछि उनी एक्लै भारत जादै थिइन् ।

परिवारलाई समेत थाहा नदिएर भारत गइरहेकी उनलाई सीमा क्षेत्रमा सोधपुछका क्रममा प्रलोभनमा परेर उनी भारत गइरहेको खुलेको थियो ।

त्यसपछि माइती नेपाल र शान्ति पुुनःस्थापना गृहले उनको उद्दार गरेर परिवारको जिम्मा लगाएको होे ।


१९ असोज २०८३, सोमवार १०:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु