कञ्चनपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु

कञ्चनपुर। कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित पुरानो चौधर नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ।

शुक्रबार दिउँसो माछा मार्ने क्रममा सोही ठाउँका २२ वर्षीय हेमु रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।


१७ असोज २०८३, शनिवार १०:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु