गौरीगंगामा बाघको आक्रमणबाट एक जनाको मृत्यु
अत्तरिया। कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
गौरीगंगा नगरपालिका-६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बिहीबार बिहान बाघको आक्रमणबाट सोही ठाउँका अन्दाजी ४० वर्षीया कृष्ण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
बिहान ५ बजेको समयमा च्याउ खोज्न जंगल गएका चौधरीलाई बाघले आक्रमण गरेको थियो।
आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको हो । उनी स्थानीय शिवलाल राना र हंस रानासँगै च्याउ खोज्न जंगल गएका थिए।
संगै गएका दुई जनाले भागेर ज्यान जोगाएका छन् ।
१६ असोज २०८३, शुक्रवार १०:३६ बजे प्रकाशित














