धनगढीमा सञ्चालन हुँदै आएको शनिवारीय महिला उद्यम बजार असोज २४ देखि पुनः सञ्चालन हुने

धनगढी। धनगढी उपमहानगरपालिकाद्वारा विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको शनिवारीय महिला उद्यम बजार यस वर्ष पनि पुनः सञ्चालन हुने भएको छ ।

उपमहानगरपालिकाका अनुसार महिला उद्यमी तथा उत्पादकलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको उक्त बजार यहि २०८३ साल असोज २४ गतेदेखि पुनः सञ्चालन गरिने भएको छ।

उद्यम बजार आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ देखि धनगढी कभर्डहलनजिक जेन्जी मार्गमा सञ्चालन हुँदै आएको छ । सम्बन्धित स महिला उद्यमी तथा सरोकारवालालाई बजारमा सहभागी हुन उपमहानगरपालिकाले जानकारी गराएको छ ।


१५ असोज २०८३, बिहीवार १७:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु