संसदमै प्रेसर हाई भएर लडे सांसद खड्का
काठमाडौँ । कांग्रेस सांसद भरत खड्का ब्लड प्रेसर हाई भएर संसद बैठककै क्रममा लडेका छन् । आज बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसद सोम शर्मा बोल्दै गर्दा सांसद खड्का एकाएक लडेका थिए ।
उनी लडेपछि कांग्रेस सांसदहरू उठाउन दौडिएका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले सांसद शर्मालाई बोल्दाबोल्दै रोकेका थिए ।
१८ भदौ २०८३, बिहीवार १४:५५ बजे प्रकाशित














