आजको मौसम : सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा वर्षा

काठमाडौं । आज आइतबार देशभर साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान गरिएको छ।

दिउँसो देशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिमसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानमा वर्षा हुन सक्नेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराईका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

कोशी प्रदेशको पहाडी तथा तराई क्षेत्र र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा राति भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ


१४ भदौ २०८३, आइतवार ०८:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु