तोलामा ८ हजार रूपैयाँ बढ्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला आठ हजारले बढेर दुई लाख ९६ हजार कायम भएको छ।
अघिल्लो कारोबार दिन सुन प्रतितोला दुई लाख ८८ हजारमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले बढेर चार हजार पाँच सय ७० पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला चार हजार चार सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार दुई सय ६५ र चाँदीको मूल्य प्रतिऔँस ६२ अमेरिकी डलर कायम भएको छ।
२१ साउन २०८३, बिहीवार १२:३८ बजे प्रकाशित














