punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भदौदेखि आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा

Chaupati
safha napa

काठमाडौं। नेपाल शिक्षक महासंघले आफ्ना माग पूरा नभएको भन्दै भदौ महिनादेखि आन्दोलन गर्ने निर्णय गरेको छ। महासंघको परिषद् बैठकले आन्दोलनको निर्णय गरेको हो। महासचिव तुलाबहादुर थापाका अनुसार आन्दोलनको मिति र कार्यक्रम विस्तारित कार्यालय बैठकले तय गर्नेछ।

महासंघले विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न सरकारसँग पुनः माग गरेको छ। साथै, शिक्षा नियमावलीको दशौँ संशोधनमा समेटिएका केही प्रावधानप्रति असहमति जनाउँदै ती व्यवस्था शिक्षकमैत्री नभएको जनाएको छ।

महासंघले लामो समयदेखि शिक्षक सरुवा प्रणाली व्यवस्थित गर्न, विद्यालय कर्मचारी, ईसीडी शिक्षक तथा अस्थायी प्रकृतिका शिक्षकहरूको उचित व्यवस्थापन गर्न माग गर्दै आएको छ। आफ्ना माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम अघि बढाइने महासंघले स्पष्ट पारेको छ। सरकारले समयमै वार्ता र संवादमार्फत समस्या समाधान गर्नुपर्नेमा पनि महासंघले जोड दिएको छ।


१८ साउन २०८३, सोमवार १०:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु