punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम विश्वविद्यालयको भवनबाट हामफालेका विद्यार्थीको मृत्यु

Chaupati
safha napa

कञ्चनपुर। सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको भवनबाट हामफालेर मृत्यु भएको छ।
शनिबार विश्वविद्यालयको दोस्रो तलाबाट हामफालेर गम्भीर घाइते भएका बेदकोट नगरपालिका–४ बगुनका २३ वर्षीय उत्तमसिंह कार्कीको उपचारका क्रममा मृत्यु भएको हो।

प्रारम्भिक अनुसन्धान अनुसार शनिबार विश्वविद्यालयमा स्नातक तह होटल व्यवस्थापन (बिएचएम) प्रथम सेमिस्टरको प्रवेश परीक्षा दिएपछि कार्कीले दोस्रो तलाबाट हामफालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

शनिबार बिहान सवा ८ बजेदेखि सुरु भएको प्रवेश परीक्षामा सहभागी भई सवा ९ बजे कक्षाकोठाबाट बाहिर निस्केका कार्कीले भवनको दोस्रो तलाको रेलिङमा चढेर हामफालेका थिए।

घटनालगत्तै एम्बुलेन्समार्फत गम्भीर घाइते कार्कीलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पु¥याइएको थियो। टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गरिएको थियो।

अस्पताल पु¥याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर रावतले जानकारी दिए।

मृतक कार्की स्थानीय व्यवसायी पदमसिंह कार्कीका कान्छा छोरा हुन्। उनले वैजनाथ माध्यमिक विद्यालयबाट माध्यमिक तह (प्लस टु) उत्तीर्ण गरेका थिए।  घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


१८ साउन २०८३, सोमवार ०९:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु