सामान्य घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौं। नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य सामान्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला चार सय रूपैयाँले घटेर दुई लाख ९० हजार तीन सय रूपैयाँ कायम भएको छ।

शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १० रूपैयाँले घटेर चार हजार छ सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी तोलामा चार हजार छ सय १५ रूपैयाँमा कारोबार भएको थियो।


२१ असार २०८३, आइतवार ११:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु