बझाङको जयपृथ्वी राजमार्ग पहिरोका कारण अवरुद्ध

बझाङ। बझाङको जयपृथ्वी राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ।
बझाङस्थित छविसपाथीभेरा–जालेबगर क्षेत्रमा रहेको जयपृथ्वी राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। प्रहरीले वर्षायाममा यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
२१ असार २०८३, आइतवार ११:३२ बजे प्रकाशित













