punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा चैत महिनामा २६ लागूऔषध मुद्दा दर्ता, ४५ जना पक्राउ

Chaupati
safha napa

कञ्चनपुर। कञ्चनपुरमा पछिल्लो एक महिनामा लागूऔषधसम्बन्धी गतिविधि नियन्त्रणमा उल्लेखनीय प्रगति देखिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार आर्थिक वर्ष २०८२/०८३ को चैत महिनामा लागूऔषधसम्बन्धी २६ वटा मुद्दा दर्ता गरिएको छ।

उक्त अवधिमा लागूऔषध कारोबार तथा प्रयोगमा संलग्न ४५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा ५ जना महिला र ४० जना पुरुष रहेका छन्।

प्रहरीका अनुसार सोही अवधिमा विभिन्न प्रकारका लागूऔषध बरामद गरिएको छ। जसमा चरेस २.५९ ग्राम र खैरोहिरोइन १०३.३५ ग्राम फेला परेको छ भने गाँजासमेत बरामद गरिएको उल्लेख गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लागूऔषध नियन्त्रणका लागि निरन्तर निगरानी तथा कारबाहीलाई तीव्र बनाइएको जनाएको छ। साथै, समुदायसँग सहकार्य गर्दै लागूऔषधविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।


३ वैशाख २०८३, बिहीवार १५:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु