punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेले रामबहादुर थापा ‘बादल’लाई अनुशासनमा बस्न चेतावनी दिने

Chaupati
safha napa

काठमाडौँ। नेकपा एमालेले कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा लाई पार्टीको सिद्धान्त र नीति विपरीत अभिव्यक्ति दिएको भन्दै सचेत गराउने तयारी गरेको छ।

आज दिउँसो १ बजे बस्ने एमाले सचिवालय बैठकमा उनको अभिव्यक्तिबारे औपचारिक रूपमा छलफल गरिनेछ। पार्टीका एक नेताका अनुसार, संसदमा उनले दिएको पछिल्लो अभिव्यक्ति पार्टीको आधिकारिक धारणा विपरीत भएकाले संसदीय मर्यादा र प्रक्रियाबारे जानकारी दिँदै भविष्यमा त्यस्तो गल्ती नदोहोर्‍याउन चेतावनी दिइनेछ।

गत १९ चैतमा संसदमा बोल्दै बादलले विभिन्न राजनीतिक घटनाक्रमहरूलाई षड्यन्त्रपूर्ण रूपमा व्याख्या गरेका थिए। उनले नेपाली सेना, सरकारी कर्मचारी तथा विदेशी निकायहरूमाथि समेत आरोप लगाएका थिए, जुन एमालेको आधिकारिक धारणा विपरीत मानिएको छ।

उनको उक्त अभिव्यक्तिपछि पार्टीभित्र तरंग सिर्जना भएको छ। एमालेका उपाध्यक्ष विष्णु पौडेल ले आजको बैठकमा यस विषयमा गम्भीर छलफल हुने र आवश्यक निर्णय लिइने बताएका छन्।


२० चैत २०८२, शुक्रवार १०:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु