कञ्चनपुरबाट २२ वर्षदेखि फरार वृद्धा पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट २२ वर्षदेखि फरार वृद्धा पक्राउ परेकी छिन । जिल्ला अदालत कञ्चनपुरले १२ माघ २०६० मा गरेको फैसलाअनुसार जारी मुद्दामा दोषी ठहर भई फरार रहेकी पुनर्वास नगरपालिका–११ डोकेबजार बस्ने ६५ वर्षीया मैया गुरुङ पक्राउ परेकी हुन ।

अदालतले उनलाई १ महिना १५ दिन कैद सजाय र १ हजार ५ सय रुपैयाँ जरिवाना तोकेको थियो। फैसला कार्यान्वयनको क्रममा प्रहरी चौकी परासनबाट खटिएको प्रहरी टोलीले बुधबार उनलाई घरबाट पक्राउ गरेको हो।


१९ चैत २०८२, बिहीवार १०:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु