जनताले दिएको मतलाई न्याय गर्दै अघि बढ्छौं : वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले जनताले दिएको मतलाई न्याय गर्दै अघि बढ्ने बताएका छन् । बिहीबार नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण समारोहमा संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै वाग्लेले यस पटक जनताले आफूहरुलाई ठूलो विश्वास गरेर मत दिएको भन्दै जनताले दिएको मतलाई न्याय गर्दै अघि बढ्ने बताएका हुन् ।
अब बन्ने सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना हुने उनको भनाइ छ । त्यस्तै उनले गुणस्तरीय पुनर्निर्माणमा समेतमा सरकारको ध्यान केन्द्रीत रहने बताए।
१२ चैत २०८२, बिहीवार १६:०९ बजे प्रकाशित













