बाजुरामा हेलिकप्टरमार्फत उद्दार गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु

बाजुरा । बाजुराको दुर्गम बडीमालिका नगरपालिका–१ सल्लेनाकी २१ वर्षीया सुत्केरी सुरता कुमारी रोकाया र उनका नवजात शिशुको उपचारका क्रममा सुर्खेत प्रादेशिक अस्पतालमा निधन भएको छ।

मुटु रोगबाट पीडित सुरतालाई चिकित्सकले दोस्रो सन्तान नजन्माउन सल्लाह दिएका थिए। तर पुनः गर्भधारण गरेपछि गर्भावस्थाको अन्तिम चरणमा उनको स्वास्थ्य अवस्था जटिल बनेको थियो। गाउँमा उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको थियो।

अस्पतालमा चिकित्सकहरूको प्रयासका बाबजुद आमा र शिशु दुवैलाई बचाउन सकिएन।

यस घटनाले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा अभाव, जोखिमपूर्ण गर्भधारण र सचेतनाको कमीको समस्या फेरि उजागर गरेको छ।


९ चैत २०८२, सोमवार १०:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु