दार्चुलाका निर्वाचन प्रहरीको धनगढीमा मृत्यु, घर फर्कदा लडेका थिए

धनगढी। दार्चुलामाघर फर्किने क्रममा भीरबाट लडेर घाइते भएका एक निर्वाचन प्रहरीको उपचारका क्रममा मृत्यु भएको छ।

लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो।

४० दिनका लागि निर्वाचन प्रहरीमा भर्ना भएका धामी जिल्ला प्रहरी कार्यालयबाट बिदा भएर घर फर्किने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका थिए। स्थानीयको सहयोगमा उद्धार गरी उनलाई उपचारका लागि धनगढीस्थित प्रादेशिक अस्पताल लगिएको थियो।

देशभरका जिल्ला प्रहरी कार्यालयहरूले बुधबार सबै निर्वाचन प्रहरीलाई तलब–भत्ता उपलब्ध गराई धन्यवाद पत्रसहित बिहीबार बिदा गरेका थिए। घर फर्किने क्रममा दुर्घटनामा परी धामीको ज्यान गएको हो।


२९ फागुन २०८२, शुक्रवार १५:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु