धुर्मुस-सुन्तली’ को ‘सेन्टी भाइरस’ को ट्रेलर रिलिज (भिडियोसहित)
नेपाली चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर बुधबार सार्वजनिक भएको छ। यो चलचित्र फागुन ९ गते रिलिज हुने जनाइएको छ।रामबाबु गुरुङ निर्देशित चलचित्रको ट्रेलर हेर्दा पारिवारिक र राजनीतिक विषयवस्तुलाई समावेश गरेको देखिन्छ। त्यसमा पनि परिवारभित्रको राजनीति देखिन्छ।
ब्मखभचतष्कझभलत
नेपाली चलचित्रमा सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्धि तामाङ, राजाराम पौडेल लगायतको भूमिका छ। फरक पार्टीमा आवद्ध श्रीमान सीताराम र श्रीमती कुञ्जनाबीचको नोकझोंकलाई ट्रेलरमा स्थान दिइएको छ।
सुबिहानी फिल्मस् प्रालीको ब्यानरमा निर्मित फिल्ममा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।फिल्मका सहनिर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको फिल्मका निर्देशक ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ हुन् ।
१६ माघ २०७६, बिहीवार ०३:२० बजे प्रकाशित













