punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

युद्ध प्रभावित मुलुकमा नेपालीको सुरक्षामा ध्यान दिन र आवश्यक परे उद्धार गर्न सरकारलाई आयोगको आग्रह

Chaupati
safha napa

काठमाडौं। इजरायल अमेरिकी आक्रमणका कारण मध्यपूर्वका मुलुकहरूमा रहेका नेपालीहरूको सुरक्षामा  ध्यान दिन राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ।

आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले युद्धका कारण नेपालीहरू जोखिममा परेकाले तत्काल सुरक्षा र उद्धारमा लाग्न आग्रह गरेको हो।

‘युद्धग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र संरक्षणका लागि तथ्यांक संकलन गरी जोखिमको आंकलन गर्न र अतिप्रभावित क्षेत्रमा रहेका नागरिकहरूको उद्धार गरी स्वदेश फर्काउनसमेत आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

राज्य नागरिकको अविभावक भएको हुँदा विश्वका जुनसुकै मुलुकमा रहेका भए पनि आफ्ना नागरिकको सुरक्षा, संरक्षण र आवश्यकताअनुसार उद्धार गर्नु राज्यको दायित्वभित्र पर्ने आयोगले स्मरण गराएको छ।

सरकारले आफ्ना कुटनीतिक नियोगहरूको प्रभावकारी परिचालन गर्नुका साथै सम्बन्धित देशका गैरआवासीय नेपाली संघ/ संगठनहरूलाई समेत समन्वयन गर्न आयोगले आग्रह गरेको छ।


१७ फागुन २०८२, आइतवार १५:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु