धनगढीबाट लागू औषध सहित २ जना पक्राउ

कैलाली।  कैलालीको धनगढीबाट लागू औषध सहित २ जना पक्राउ परेका छन । सोमबार धनगढी उपमहानगरपालिका – ३ सिसा पोष्ट नजिकबाट ८० मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित भारतको लखिमपुर खिरीका १९ वर्षीय हेमन्त राना पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच उनको साथबाट लागू औषध बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यस्तै धनगढी उपमहानगरपालिका – ३ ट्राफिक चोकबाट ७९० मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित २७ वर्षीय बिबेक गौतम पक्राउ परेका छन । सोमबार साँझ अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागू औषध सहित पक्राउ गरेको हो ।


५ फागुन २०८२, मंगलवार १०:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु