बालेनको चुनावी अभियानमा अछाममा बेहोस भएका पत्रकार सिटौलाको निधन
अछामबाट बेहोस भई उपचारका लागि काठमाडौं ल्याइएका पत्रकार दिनेश सिटौलाको निधन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी अभियानका क्रममा अछाम पुगेका सिटौला अचानक बेहोस भएपछि नेपाली सेनाको हेलोकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएका उनको आइतबार दिउँसो निधन भएको अस्पताल प्रशासनले जनाएको छ। गत शुक्रबार उनी अछाममा बेहोस भएका थिए ।

१८ माघ २०८२, आइतवार १५:११ बजे प्रकाशित













