चोरी मुद्दामा फरार कैलालीका एक जना पक्राउ

धनगढी। चोरी मुद्दामा फरार कैलालीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १ महिना कैद सजाय र १ हजार जरिवाना तोकिएको कैलालीको गोदावरी नगरपालिका-८ बस्ने २३ वर्षीय दिपेन्द्र राना पक्राउ परेका हुन्। रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।


१२ माघ २०८२, सोमवार ०८:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु