punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको मुख्य बजार क्षेत्रका लागि निःशुल्क पार्किङको व्यवस्था

Chaupati
safha napa

धनगढी। धनगढीको मुख्य बजार क्षेत्रका लागि निःशुल्क पार्किङको व्यवस्था गरिएको छ। धनगढी उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रमा निःशुल्क पार्किङ बनाएको हो।

स्वास्थ्य र महिला शाखा कार्यालय अगाडी खाली जमीनमा उपमहानगरपालिकाले निःशुल्क पार्किङको व्यवस्था गरेको छ। राष्ट्र बैँक चोकदेखि एलएन चोक जाने बाटोमा पर्ने उक्त पार्किङमा मोटरसाइकल, स्कुटर, कार र जिप पार्किङको व्यवस्था गरिएको हो।

उक्त सडक खण्डमा सडकमै गरिने पार्किङले सडक साँघुरो भई अवरुद्ध हुने समस्या समाधान हुने अपेक्षा गरिएको छ। उपमहानगरका प्रमुख गोपाल हमालले उक्त पार्किङ प्रयोग गर्न नगरवासीमा अनुरोध गरेका छन्।

यसअघि, उक्त जमीनमा निर्माण सामाग्री राखिदै आएकोमा उपमहानगरपालिकाले सफाइ र लेबलिङ गरेको छ।


१२ माघ २०८२, सोमवार १८:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु