punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भोलि सुदूरपश्चिम आउँदै बालेन, अछामदेखि कैलालीसम्म चुनाव प्रचार गर्ने

Chaupati
safha napa

धनगढी। झापाबाट फर्किएका रास्वपा वरिष्ठ नेता बालेन्द्र साह भोलि सुदूरपश्चिम आउने भएका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लामा उनी चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम छ । चुनावको मनोनयनका लागि झापा पुगेका बालेनले त्यहाँ केही दिन बिताएर हिजो काठमाण्डौा फर्किएका थिए । झापाको बसाइबाट उनी उत्साहित बनेको बताइन्छ । यद्यपि, उनले त्यहाँ रहँदा चढेको महंगो गाडीलाई लिएर विवाद उत्पन्न भएको थियो । एक व्यवसायीले दिएको गाडी बालेनले त्यहीँ नै छोडेर आएका छन् ।

सुदूरपश्चिमबाट बालेननिकट दुई व्यक्तिहरूले उम्मेदवारी दिएका छन् । उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले अछाम २ बाट र कोर टीमका सदस्य केपी खनाल कैलाली २ बाट उम्मेदवार बनेका हुन् । यी दुईको निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राखेर बालेन सुदूरपश्चिम आउन लागेको बुझिएको छ । सुदूरमा केही दिन बिताएर बालेन काठमाडौं फिर्ता हुनेछन् । उनले काठमाडौं, ललितपुरका केही निर्वाचन क्षेत्रमा चुनावी अभियानमा सहभागी हुने समेत कार्यक्रम छ ।


११ माघ २०८२, आइतवार १३:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु