punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

Chaupati
safha napa

धनगढी। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। विसं १७७९ मा जन्मिएका शाहको स्मरणमा हरेक वर्ष पुस २७ गते यो दिवस विशेष रूपमा मनाउने परम्परा छ। आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहको योगदानको कदर गर्दै सिंहदरबार पश्चिम ढोकाअगाडि रहेको उहाँको सालिकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली दिइँदैछ।

पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोह आयोजना गरेको छ। सो कार्यक्रममा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ। यसैगरी, शाहको जन्मस्थल गोरखामा पनि विविध सांस्कृतिक तथा स्मृतिसभा कार्यक्रम हुँदै आएका छन्।

नेपाली सेनाले पनि हरेक वर्षझैँ आज सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा रहेको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गरेको छ। तत्कालीन गोरखाका राजा शाहले बाइसे–चौबीसे राज्यलाई एकीकृत गर्दै राष्ट्रिय एकताको बलियो आधार तयार गरेका थिए। विसं १८३१ मा ५२ वर्षको उमेरमा निधन भएका शाहले २० वर्षको उमेरमै गद्दीआरोहण गरी एकीकरण अभियान अघि बढाएका थिए।

‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने दिव्योपदेश आज पनि सुशासन र भ्रष्टाचारविरुद्ध सन्दर्भिक मानिन्छ। पृथ्वी जयन्तीले साझा इतिहास, संस्कृति र विविधताबीचको एकतालाई सुदृढ बनाउँदै युवापुस्तामा राष्ट्रप्रेम, जिम्मेवारी र सेवाभाव जागृत गराउने प्रेरणा दिन्छ।


२७ पुस २०८२, आइतवार ०८:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु