punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ईश्वर पोखरेल समूहले बुझायो अवधारणापत्र (पूर्णपाठसहित)

Chaupati
safha napa

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आफ्नो अवधारणापत्र बुझाएको छ । सोमबार (मंसिर २२) पार्टी मुख्यालय च्यासल पुगेर पोखरेलसहितका नेताले अवधारणापत्र बुझाएका हुन् ।

पोखरेलले महासचिव शंकर पोखरेललाई अवधारणापत्र हस्तान्तरण गरे । पोखरेल समूहले पार्टीको ११औँ महाधिवेशनलक्षित अवधारणापत्र तयार पारेको हो । अवधारणापत्रमा पार्टी र समसामयिक विषयमा समेटिएको छ । “गत भदौ २३ गते भएको ‘जेनजी’ आन्दोलन र भदौ २४ गतेको विध्वंसपछिको परिवेशमा हामी पार्टीको महाधिवेशनमा उपस्थित भएका छौँ । यसबीचमा हामीमाथि सोधिएका प्रश्नहरू, गरिएका खबरदारीहरू, लगाइएका आरोपहरू, थोपरिएका लाञ्छनाहरू र हामीप्रति व्यक्त आशाबारेमा हामी जानकार छौँ,” अवधारणापत्रमा उल्लेख छ ।

आसन्न महाधिवेशनमा ईश्वर पोखरेलले अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ ।

के छ अवधारणापत्रमा ? पढ्न तलको लिंक थिच्नुहोस्

Aawadharanapatra-iswor pokhrel


२२ मंसिर २०८२, सोमवार १६:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु