punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि पहल गर्छु : प्रचण्ड

Chaupati
safha napa

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्बासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएका कारण समस्याको पूर्ण समाधान गर्न नसकिएको बताएका छन्। नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिको ज्ञापनपत्र बुझ्दै संयोजक प्रचण्डले सो कुरा बताएका हुन्।

पछिल्लो सरकारको नेतृत्व गरेको अवधि चितवन,महोत्तरीलगायतका स्थानबाट भूमिहीन तथा सुकुम्बासीका समस्या समाधानको काम सुरू गरिएको भए पनि पछिल्ला सरकारले यसतर्फ आवश्यक पहल नगरेको उनले उल्लेख गरे। उनले समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता व्यक्त गरे।

नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले देशभरका भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानका लागि तत्काल पहल गर्न प्रचण्डसमक्ष आग्रह गरेको हो।

समितिका अध्यक्ष अजय वैगारसहितको केन्द्रीय कार्यसमितिले सोमबार पार्टी केन्द्रीय कार्यालय,पेरिसडाँडामा संयोजक प्रचण्डलाई भेटी ज्ञापनपत्र बुझाएको हो। दीर्घकालीन रूपमा भूमिहीन, सुकुम्बासी तथा विपन्न नागरिकको जीवनस्तर सुधारका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै समितिले त्यसका लागि सक्रिय पहल गरिदिन आग्रह गरेको हो।


२२ मंसिर २०८२, सोमवार १५:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु