punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम महोत्सव आजदेखि सुरु हुँदै, अर्थमन्त्रीले उद्घाटन गर्ने

Chaupati
safha napa

धनगढी। कैलालीको धनगढीमा कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दैआएको सुदूरपश्चिम महोत्सव आज (सोमवार)देखि सुरु हुदैछ।

यस प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारको साथै कला, संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले संघले १९ औं संस्करणको महोत्सव आयोजना गर्न लागेको हो। मङ्सिर २२ देखि पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको संघले आइतवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

आज बिहान ११ बजे धनगढीको चौराहादेखि महोत्सव परिसरसम्म झाँकीसहित र्‍याली निकालिने जनाइएको छ। दिउँसोको २ बजे महोत्सवको उद्घाटन अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गर्ने संघले जानकारी दिएको छ।
करिब तीन करोड रुपियाँ लगानीमा आयोजना गरिरहेको महोत्सवमा १५ करोड रुपियाँ बराबरको आर्थिक कारोबार हुने संघका अध्यक्ष पुस्करराज ओझाले बताए। उनले सात लाख दर्शकले महोत्सवको अवलोकन गर्ने उल्लेख गरे।

महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोेमोबाइल्स, इलेक्ट्रोनिकल, होटल, सूचना प्रविधिलगायतको गरेर ५०० वटा स्टल रहेको आयोजकले जानकारी दिएको छ। महोत्सवमा प्रवेशका लागि तोकिएको टिकटबाट उठेको केही रकम सामाजिक क्षेत्रमा खर्च गर्ने अध्यक्ष ओझाले बताए।

 


२२ मंसिर २०८२, सोमवार १०:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु