punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संघ, प्रदेश र स्थानीय तहका कर्मचारीको मर्यादाक्रम समान बनाउन माग

Chaupati
safha napa

धनगढी। संघ प्रदेश तथा स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको मर्यादाक्रम सामान बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ। नेपाल सरकारले २०७६ बैशाख १६ मा जारी गरेको मार्यादाक्रममा संघ, प्रदेश र स्थानीय तहका निजामती कर्मचारीहरूको मार्यादाक्रम विभेदकारी र अन्यायपूर्ण रहेकाले उक्त मार्यादाक्रम संशोधन गर्न माग गरिएको हो।

समान तह, समान श्रेणी  तर मार्यादाक्रममा संघीय सेवाका कर्मचारी प्रदेश र स्थानीय सेवाका कर्मचारी भन्दा अगाडि राखिएको छ। यो मार्यादाक्रमा रहेको असमानताको खाडल पुर्नुपर्ने माग गरिएको हो।

संघ,प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको मार्यादाक्रम मिलाउनुपर्ने माग राख्दै कर्मचारीहरूले गृहमन्त्री ओमप्रकाश अर्याल र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाएका छन्। मङ्गलवार कर्मचारीहरूले मुख्यमन्त्री कार्यालयमा गृहमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्।

प्रदेश र स्थानीय तहका कर्मचारीको तर्फबाट गृहमन्त्री अर्याललाई बुझाइएको  ज्ञापनपत्रमा तीनै तहमा कार्यरत समान तह/ श्रेणीका कर्मचारीको मार्यादाक्रम एउटै हुनुपर्ने माग राखिएको छ।

नेपाल सरकारले  २०७६ बैशाख १६ मा प्रकाशित गरेको मार्यादाक्रम विभेदकारी, अन्यायपूर्ण र संघीयताको मर्म विपरीत रहेकाले संविधानले परिकल्पना गरेको समन्वय, सहअस्तित्व र सहकार्यको भावनानुसार समान तह/श्रेणीका कर्मचारीहरू मार्यादाक्रम एउटै हुनुपर्ने माग प्रदेश र स्थानीय तहका कर्मचारीले गरेका छन्।

संघीयता अनुसार प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिएका स्वतन्त्र अधिकार तथा प्रशासनिक संरचनामा समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त विपरीत मार्यादाक्रम निर्धारण गर्दा विभेद गरिएको प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूले बताएका छन्।

उनीहरूले मर्यादाक्रमका कारण प्रदेश तथा स्थानीय तहमा खटिएका कर्मचारीको मनोबलमा गिरावट आएको, सेवाको प्रभावकारिता कमजोर हुने र कर्मचारीबीच अस्वस्थ प्रतिस्पर्धा बढ्ने जोखिम देखा परेको बताएका छन्।

प्रदेश र स्थानीय तहका कर्मचारीहरू संघीय कर्मचारीभन्दा ‘तल’ राखिने व्यवस्था कार्यशैली तथा आत्मसम्मानविरुद्ध रहेको उनीहरूको भनाइ छ।


१७ मंसिर २०८२, बुधवार १२:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु