एमालेबाट निकालिएका भीम रावलको जिब्रोले विर्सिएन एमालेलाई

पोखरा । एमालेबाट निकालिएका भीम रावलको जिब्रोले एमालेलाई विर्सन नसकेको उदाहरण पोखरास्थित एकता सन्देश सभामा देखिएको छ । आज पोखरामा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभामा रावलको भाषणमा आगामी निर्वाचनमा नेकपा (एमाले)लाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताएका थिए । सम्बोधन सक्ने क्रममा उनले आगामी निर्वाचनमा आफ्नो दलले बहुमत ल्याउने भन्नुपर्नेमा नेकपा एमाले भनेका हुन् ।

उनले भने यो पोखराको चिप्लेढुंगामा म धेरै वर्षपछि तपाईंहरूको बिचमा उपस्थित हुन पाउँदा, जुन मैले धनगढीमा, लमहीमा, आज यत्रो विशाल जनसभा देखेँ, मलाई पूरा विश्वास छ, आउने निर्वाचनमा नेकपा एमालेको बहुमतलाई, नेकपा एमालेको यात्रालाई कसैले रोक्न छेक्न सक्ने छैन ।’

भलै रावलले आफ्नो सम्बोधन सच्याए । अनि नेपाली कम्युनिस्ट पार्टीको यात्रालाई कसैले रोक्न, छेक्न नसक्ने बताए ।

सम्बोधनका क्रममा उनले पूरैजसो समय ओलीको विरोधमा खर्चिएका थिए । ओलीको दम्भ र अहंकारले कम्युनिस्ट आन्दोलनलाई क्षति पुर्‍याएको उनको आरोप थियो । एमाले नेतृत्वप्रति आक्रामक रूपमा प्रस्तुत भएका रावलले ओलीको कार्यशैलीका कारण देश र कम्युनिस्ट आन्दोलन खरानी भएको टिप्पणी गरेका थिए ।


१४ मंसिर २०८२, आइतवार १६:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु