खुले भारतसंग सीमा जोडिएका सुदूरपश्चिमका नाका

धनगढी । जेनजी आन्दोलनका कारण केही दिन बन्द रहेका सुदूरपश्चिमका सीमा नाकाहरू पुनः सञ्चालनमा आएका छन् ।

कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर-गौरीफन्टा, बैतडीको झुलाघाटसहितका प्रमुख सीमा नाकामा आजदेखि आवागमन सुरु भएको छ । भारतीय पक्षले गत हप्ता देखिएको तनावपछि नेपाली नागरिकको प्रवेशमा रोक लगाएको थियो ।

अहिले नाकामा सुरक्षा व्यवस्था भने कडा पारिएको छ । नाकामा आवतजावत सहज बनाउन दुवै देशका सुरक्षा निकायबीच समन्वय भइरहेको छ ।

नाकाहरू खुलेसँगै लामो समयदेखि अलपत्र परेका यात्रुहरूलाई सहज भएको छ भने व्यापार व्यवसाय र आयातनिर्यातमा सहज हुने अपेक्षा गरिएको छ ।

 


३० भदौ २०८२, सोमवार १३:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु