दार्चुलामा जीप दुर्घटनामा घाईते भएकाहरुको माया मेट्रोमा उपचार हुदै
धनगढी । दार्चुलामा जीप दुर्घटनामा घाईते भएकाहरुको धनगढीमा रहेको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ । दार्चुलाको नौगाडमा भएको जीप दुर्घटनामा घाईते भएका ६ जनाको धनगढीको माया मेट्रोमा उपचार भईरहेको छ ।
जस मध्ये २ जना बिरामी आईसीयूमा भर्ना भएका छन् भने ३ जना बिरामी न्यूरो वार्डमा र १ जना बिरामी ईमर्जेन्सीमा उपचाररत रहेको माया मेट्रो हस्पिटलका पिआर म्यानेजर जगत महताले जानकारी दिएका छन् ।
६ भदौ २०८२, शुक्रवार १२:३५ बजे प्रकाशित













