बडीमालिकाको दर्शन गरेर फर्किनेक्रममा भिरबाट लडेर दुईजनाको मृत्यु

बाजुरा । बडीमालिकाको दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा दुईजना तीर्थयात्रीको मृत्यु भएको छ ।

त्रिवेणी नगरपालिका–९ पर्ने विष्णुपानी नजिकै शुक्रबार दिउँसो भिरबाट लडेर बर्दियाको ठाकुरबाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब  उपरीक्षक इकवाल हवारीले जानकारी दिए । उनका अनुसार भिरबाट लडेर घाइते भएका उनको साँझ मृत्यु भएको हो ।

सोही ठाउँमा बिहीबार राति  काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझाको मृत्यु भएको थियो ।


२४ साउन २०८२, शनिवार ००:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु