कैलालीमा देवरले गरे सुनको लोभमा सुत्केरी भाउजु हत्या
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?
धनगढी।कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुक्रबार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथकाे हत्या भएको खुलेको छ । प्रहरीले नाथकाे हत्या गरेको अभियाेगमा उनकै सहाेदर देवर नवीन नाथलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले नवीनलाई पक्राउ गरिएको जानकारी दिए ।
उनकाअनुसार नवीनले सुनका गहनाका लागि आफूले भाउजु सुतेकाे बेला सिरानीले मुख च्यापेर हत्या गरेकाे बयान दिएका छन् । उनले भाउजुकाे हत्यापछि कानमा लगाएका सुनका गहना निकालेर घर नजिकै ढुङ्गामुनि लुकाएको अवस्थामा फेला परेका छन्।
नाथ शुक्रबार बिहान घर नजिकैकाे नालामा मृत भेटिएकी थिइन् । उनकाे १६ दिनकाे नवजात शिशु भने सकुशल फेला परेकाे थियो । प्रहरीले बाहिर घाउचाेट नदेखिएका कारण उनकाे मृत्युको कारण पत्ता लगाउन सकेेकाे थिएन तर कानमा लगाएका गहना फेला नपरेपछि उक्त काेणबाट अनुसन्धान गर्दा हत्या भएको तथ्य फेला भेटिएको थियाे । प्रहरीले सूक्ष्म अनुसन्धान गरेर सफलता प्राप्त भएको जनाएकाे छ ।
८ असार २०८२, आइतवार १३:३६ बजे प्रकाशित













