सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं। साताको दोस्रो दिन आज सुनचाँदीको मूल्य बढेको छ।
आइतबार प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज एक हजार रुपैयाँले बढेर एक लाख ८९ हजार ८०० रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला एक हजार ९८५ रुपैयाँ रहेको चाँदी आज पाँच रुपैयाँले वृद्धि भएर एक हजार ९९० रुपैयाँ कायम भएको छ।
१९ जेठ २०८२, सोमवार १०:५४ बजे प्रकाशित






























