punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतबाट निर्यात गरिएका आँपमा अत्यधिक बिषादी, दुई कुन्टल नष्ट गरियो

Chaupati
safha napa

धनगढी। भारतबाट निर्यात धनगढीमा बिक्री हुने आँपमा विषादीको मात्रा अत्यधिक रहेको पाइएको छ । नमुना परीक्षण गर्दा मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने गरी विषादीको मात्रा अत्यधिक रहेको पाइएपछि धनगढी उपमहानगरले दुई हजार २६० किलोग्राम आँप जफत गरेको छ ।

धनगढीको सहिद गेटस्थित कृषि थोकबजारमा रहेको जयश्री माँ जानकी स्टोरमा राखिएको आँपका विषादीको मात्रा अत्यधिक देखिएको उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख महेश मल्लले जानकारी दिए । जफत गरिएको आँप खाल्डोमा गाडिएको उनले बताए ।

मल्लका अनुसार विषादीको अवशेष ३५ अंकभन्दा कम हुनुपर्नेमा ६२ भन्दा बढी देखिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी र विषादी अवशेष दु्रत परीक्षण कार्यालय अत्तरियाको सहयोगमा अनुगमनका क्रममा मोबाइल भ्यानमै विषादी परिक्षण गरिएको उपमहानगरले जनाएको छ ।

ती आँप भारतबाट आयात गरिएको खुलेको बताइएको छ । कृषि थोकबजारबाट भिण्डी, काक्रो, टमाटर, केरा, अंगुर, स्याउको नमुना लिएर परीक्षण गरिएको ती बस्तुमा भने विषादीको मात्र सामान्य पाइएको शाखा प्रमुख मल्लले जानकारी दिए ।


१९ जेठ २०८२, सोमवार १०:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु