punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीको शिवनाथले प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति दिने

Chaupati
safha napa

बैतडी। बैतडीको शिवनाथ गाउँपालिकाले प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृति दिने भएको छ । आर्थिक रुपले विपन्न छात्रछात्राहरुलाई छात्रवृति प्रदान गरिने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए ।

गत बर्षदेखि डाक्टर, इन्जिनियर तथा प्राविधिक बिषयमा विपन्न छात्रछात्राहरुको पहुँच अभिवृद्धिका लागि छात्रवृति दिने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए ।

यो बर्षपनि छात्रवृति प्रदान गर्नका लागि गाउँपालिकाले सूचना आह्वान गरेको छ । प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गरिरहेका र शिवनाथ गाउँपालिकाभित्र घर भएका विपन्न छात्रछात्राहरुका लागि आवेदन आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत महताले बताए ।

शिवनाथ गाउँपालिकाले शैक्षिक छात्रवृति व्यवस्थापन कार्यविधि २०८१ निर्माण गरेको र सोही अनुसार छात्रछात्राहरुलाई छात्रवृति प्रदान गरिने गाउँपालिका अध्यक्ष साउँदले बताए ।

प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययनका गरिरहेका छात्रछात्राहरुले आवदेनसंगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कक्षा १२ उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि र उच्च शिक्षा अध्ययन गर्दै गरेको संस्थाको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

छात्रवृतिका लागि गाउँपालिकाले यो बर्ष ४ लाख रुपैयाँ विनियोजन गरेको छ । गत बर्ष छात्रवृतिका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

छात्रवृतिका लागि आवेदन परेका विद्यार्थीहरुमध्ये छनौट समितिले छनौट गरेका विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाभित्रका विपन्न छात्रछात्राहरुको प्राविधिक शिक्षामा पहुँच पुर्याउने उद्देश्यले गाउँपालिकाले हरेक बर्ष छात्रवृति दिँदै आएको अध्यक्ष साउँदले बताए ।


१९ जेठ २०८२, सोमवार १०:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु