कञ्चनपुरमा जलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो
कञ्चनपुर। कञ्चनपुरमा जलेको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ।
जिल्लाको बेलौरी नगरपालिका १० शिबनगरमा मङ्गलवार बिहान मोटरसाइकलसहित एक पुरुषको जलेको अबस्थामा शव फेला परेको थियो उक्त शव बेल्डाडी गाउँपालिका–३ का हरिकिसन रानाको भएको खुलेको छ।
उनी भैंसी पालन गरि दूध बेच्ने काम गर्थे अहले मृतकका परिवार र प्रहरीघटना स्थलमा छन्। परिवारलेजनले उनको हत्या गरिएको दाबी गर्दै अनुसन्धानको माग गरिरहेका छन्। शव घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
९ वैशाख २०८२, मंगलवार १०:३७ बजे प्रकाशित












