कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने , शिक्षकले नमाने अन्य सरकारी कर्मचारी राखेर भएपनि परीक्षा संचालन हुने

काठमाडौँ ।कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने  भएको छ । तोकिएकै मिति ११ बैशाखमै परिक्षा हुने भएको हो । मंगलबार बिहान परीक्षा बोर्ड सानोठिमिमा बसेको शिक्षा सचिवसहितको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । बोर्डले प्रमुख जिल्ला अधिकारीलाई परीक्षा संचालन गर्न पत्राचार गर्ने जनाइएको छ ।

शिक्षकले नमाने अन्य सरकारी कर्मचारी राखेर भएपनि परीक्षा संचालन गर्ने बैठकको निर्णय भएको बोर्डका कक्षा १० का परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । बिहान  ८ बजेदेखि बसेको बोर्डको बैठक सकिएको छ ।


९ वैशाख २०८२, मंगलवार १०:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु