punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धरौटी बुझाउन नसकेपछि विप्लव समूहका नेता पुन कारागार चलान

Chaupati
safha napa

धनगढी, साउन २६ । ५० हजार धरौटी बुझाउन नसकेपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सेती–महाकाली इन्चार्ज नेता ओमप्रकाश पुन कारागार चलान भएका छन् ।

जिल्ला अदालत कैलालीले सोमबार उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । न्यायाधीश जयानन्द पनेरुको एकल इजलासले उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएपनि उनले धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको जिल्ला अदालत कैलालीका स्रेस्तेदार राइभान कुन्जेडाले जानकारी दिए ।

प्रहरीले नेता पुनलाई कटुवा पेस्तोल र गोलीसहित असार ३१ गते धनगढीबाटै पक्राउ गरेको थियो । प्रहरीले नेता पुनलाई कटुवा पेस्तोल र गोलीसहित असार ३१ गते धनगढीबाटै पक्राउ गरेको थियो । उनीसंगै उनकी श्रीमती पुर्णिमा धामीपनि पक्राउ परेकी थिइन् । उनलाई भने सामान्य तारेखमा रिहा गरिएको छ ।


२६ साउन २०७७, सोमवार १४:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु