punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो, ४३ दिन भित्रै थपिए यति धेरै संक्रमित

Chaupati
safha napa

काठमाडौं, साउन २६ । विश्वभर कोराना संक्रमितको संख्या दुई करोड नाघेको छ । जम्मा ४३ दिनमा कोरोना संक्रमितको संख्या एक करोड थपिदै संक्रमितको संख्या दुई करोड नाघेको हो । संक्रमित मध्य ५० प्रतिशत विरामी अमेरिका, ब्राजिल र भारतमा मात्रै छन् । अमेरिकामा संक्रमित करिब ५२ लाख पुगेको छ ।

दोस्रो बढी संक्रमित रहेको ब्राजिलमा यो संख्या ३० लाख ३५ हजार नाघेका छ भने त्यसलाई पछ्याइरहेको भारतमा संक्रमित संख्या २२ लाख १४ हजार नाघेको छ ।
अमेरिकामा कोरोना संक्रमणबाट मर्ने १ लाख ६५ हजार ६ सय नाघेको छ । त्यसैगरी ब्राजिलमा संक्रमणबाट १ लाख १ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छ भने भारतमा ४४ हजार ४ सय ६६ को मृत्यु भइसकेको छ ।

विश्वमा कोराना कहर अत्यासलाग्दो भएपनि न्युजिल्यान्ड यस विपत्तीबाट उन्मुक्ती तर्फ गइरहेको संकेत दिएको छ । न्युजिल्यान्डमा विगत सय दिनमा एउटा पनि संक्रमित देखिएको छैन । टापु राष्ट्र भएकै कारण न्युजिल्यान्डले यस महामारीबाट बच्न प्रभावकारी उपाय अपनाउन सकेको देखिन्छ ।

विश्वमा अहिले सबैभन्दा संक्रमित महाद्विप उत्तर अमेरिका हो । यहाँ संक्रमणको ६० लाख ६२ हजार २ सय ८१ मामिला छन् । यसमा ३२ लाख ३० हजार ८ सय ६३ संक्रमित ठीक पनि भइसकेका छन् भने २ लाख ३३ हजार १ सय ९५ को मृत्यु भइसकेको छ । संक्रमित मध्य ८५ प्रतिशत अमेरिकामा मात्रै छन् ।

एसियामा ४९ लाख ५७ हजार ७ सय ५३ संक्रमित छन् । यसमा ४३ प्रतिशत संक्रमित भारतमा छन् । भारतमा २२ लाख भन्दा बढी संक्रमित भइसकेका छन् । भारतपछि सबैभन्दा धेरै इरानमा ३ लाख २४ हजार संक्रमित भएका छन् ।


२६ साउन २०७७, सोमवार १३:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु