नेपाल प्रहरीका आईजी कुँवरलाई गर्यो सशस्त्र प्रहरीले बिदाई
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरलाई सशस्त्र प्रहरी बलले बिदाई गरेको छ ।
सशस्त्र मुख्यालय हल्चोकमा आइतबार एक कार्यक्रमकाबीच सशस्त्रका आईजी राजु अर्यालले कुँवरलाई बिदाई गरे । बिदाई कार्यक्रमा सशस्त्र प्रहरीका उच्च अधिकारीहरुको सहभागिता थियो ।
कुँवर प्रहरीको ३० वर्षे सेवा अवधिका कारण भोलि ४ चैतको राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । ३० वर्षे लामो प्रहरी करिअरबाट बिदा हुँदै गरेका कुँवरलाई भोलि सोमबार प्रहरी हेडक्वाटरले बिदाई कार्यक्रम गरी पठाउने तयारी गरेको छ ।
कुँवरको अवकाशसँगै ३१ औं आईजीका लागि एआईजीहरु दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा छन् । अब बस्ने मन्त्रीपरिषद्ले उनीहरु मध्ये एक जनालाई आईजीमा बढुवा गर्नेछ ।
३ चैत २०८१, आइतवार २३:५० बजे प्रकाशित













