कञ्चनपुरको पुनर्वासमा नयाँ प्रमुख प्रशासकीय अधिकृत तोकिए
कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तोकिएको छ।
बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निकालेको सरुवामा उपसचिव तिलक प्रसाद रिजाललाई पुनर्वास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको हो ।
मन्त्रालयले ५३ जना उपसचिवहरुलाई सरुवा तथा कामकाजमा खटाइएको छ। अहिले पुनर्वास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नौ महिनादेखि शाखा अधिकृत लक्ष्मी दत्त भट्ट छन् ।
२२ फागुन २०८१, बिहीवार १२:५४ बजे प्रकाशित












