प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त

प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त भएका छन् ।

बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई विज्ञ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो।

खरेल यसअघि पूर्वमहान्यायाधिवक्ता पनि थिए । झापाको गौरादह स्थायी घर भएका खरेललाई त्यतिबेला प्रधानमन्त्रीको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।

०६४ र ०७० मा संविधानसभा सदस्य रहेका खरेल प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा कानुनमन्त्री थिए । उनी हाल नेकपा एमालेको स्थायी कमिटी सदस्य छन् ।

खरेलले ०४७ सालको संविधान निर्माणमा माधव कुमार नेपालको कानुनी सल्लाहकारको रुपमा भूमिका निर्वाह गरेका थिए । खरेल नेपाल बार एशोसियसनका पूर्वमहासचिव समेत हुन् ।


२२ फागुन २०८१, बिहीवार ०७:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु