कैलालीको घोडाघोडीमा बाख्रा चोरलाई स्थानीयले प्रहरीमा बुझाए
धनगढी। कैलालीमा एक जना बाख्रा चोरलाइ स्थानीयले नियन्त्रणमा लिएका छन्।
जिल्लाको घोडाघोडी नगरपालिका–४ बिचफाटाका २२ वर्षीय शंकरबिकलाइ स्थानीयले नियन्त्रणमा लिएका हुन्। सोमवार राति करिब ९ बजेकोे समयमा घोडाघोडी–१ कौवापुर बस्ने लक्ष्मी एरको बाख्रा खोरबाट बाख्राको पाठा ०खसी) चोर्ने क्रममा उनलाइ स्थानीयले फेला पारेर प्रहरीमा बुझाएका हुन्। अहिले दुइटै पक्षबिच इलाका प्रहरी कार्यालय शुखडमा छलफल भइरहेको प्रहरीले जनाएको छ।
२१ फागुन २०८१, बुधवार १२:५८ बजे प्रकाशित












