punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लाए माया तिमीलाई छानीको म्युजिक भिडिओ विमोचन

Chaupati
safha napa

लाए माया तिमिलाई छानी लोक मारुनी गीतको म्युजिक भिडियो विमोचन भएको छ । गीतकार सत्यनारायण तायलको शब्द तथा निर्माण रहेको लोक मारुनी गीतको म्युजिक भिडियो विमोचन भएको हो । हिजो विमोचन भएको गीतको म्युजिक भिडिओ ओ एस आर डिजिटल युटुब च्यानलबाट रीलिज भएको छ ।

रेडियो नेपालकी गायिका पबित्रा ओलिको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार तथा गीतकार केशव आचार्यबाट गीतको बिमोचन भएको थियो।

मारवाडी भाषामा गीत कविता लेखेर पछिल्लो समय चर्चा बटुल्दै आएका तायलको  यो पहिलो नेपाली लोक मारुनी गीत हो । उनका दर्जनौ गीतहरु रेकर्डिङ भै स्रोता दर्शकको माझ आइसकेका छन् ।

गायक निरज पोखरेल र गायिका मेलिना राईको स्वर रहेको गीतको संगीत भने गायक पोखरेलको रहेको छ। कार्यक्रममा यसै गीतको म्युजिक भिडिओमा प्रमुख अभिनय गर्ने माही शर्माको पनि उपस्थिति रहेको थियो  ।

कार्यक्रममा तायलले विमोचन भएको गीतको बारेमा चर्चा परिचर्चा गरेका थिए । त्यस्तै गायिका पबित्रा ओलि र  गायक निरज पोखरेलले गीत प्रस्तुत गरेका थिए ।

यस्तै कार्यक्रममा वरिष्ठ साहित्यकार टंक विकल्प  ,माधब पौडेल ओम प्रकाश भट्टराई , गायक उमेश  पान्डे प्रदीप महतो,निमेष शिवाकोटी लगायतको उपस्थिति रहेको थियो भने गीतकार तथा साहित्यकार लबकुश गौतमले कार्यक्रम संचालन गरेका थिए ।


२८ माघ २०८१, सोमवार १९:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु